सेयरबजारमा करेक्सन, नेप्से १७ अंकले घट्यो

सेयरबजारमा करेक्सन, नेप्से १७ अंकले घट्यो

सेयर खबर । आर्थिक वर्षको अन्तिम दिन सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा कायम भएको छ  ।

बजार घटेपनि कारोबार रकम बढेको छ । आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति २७ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरुण ३५ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ ।

कारोबार भएका २४२ कम्पनीमध्ये १८४ वटाको सेयरमूल्य घटेको छ भने ५६ वटाको बढेको छ । दुई कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड १.६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ १.४८, विकास बैंक १.८९, वित्त १.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ । यसैगरी लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ ।

सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । जानकी फाइनान्सको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
कारोबार रकमको आधारमा सबैभन्दा धेरै धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

All financial information at your fingertips.

 

 

२०८१, असार ३१ ।


शेयर गर्नुहोस