उद्योग वाणिज्य महासंघले अब प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने

उद्योग वाणिज्य महासंघले अब प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने

काठमाडौँ, असार २५ । नेपाल उद्योग वाणिज्य महासंघले फेरि प्रत्यक्ष निर्वाचनबाट अधयक्ष चयन गर्ने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको महासंघले जनाएको छ । 

महासंघ कार्यसमितिको सोमबार बसेको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।  

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने बताइएको छ ।


शेयर गर्नुहोस