बैंकहरुको सहुलियतपूर्ण कर्जा बक्यौता एक खर्ब ३८ अर्ब रुपैयाँ

बैंकहरुको सहुलियतपूर्ण कर्जा बक्यौता एक खर्ब ३८ अर्ब रुपैयाँ

बैंक खबर । २०८१ बैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ७१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । 

कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ४ करोड रुपैयाँ कर्जा बक्यौता छ । यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ७४ हजार ९ सय ४२ महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब ८७ करोड रुपैयाँ कर्जा बक्यौता छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय ८६ ऋणीको १ अर्ब ८० करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस