जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब २१ अर्ब बीमा शुल्क

जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब २१ अर्ब बीमा शुल्क

बीमा खबर । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१को १० महिनामा एक खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाख महिनासम्मको तथ्यांकमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन बढेको छ । वैशाखमा मात्रै ११ अर्ब २८ करोड रुपैयाँ संकलन गरेका छन् । चैतसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब १० अर्ब बीमा शुल्क संकलन गरेका थिए ।

सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले ३२ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको छ । त्यसपछि नेशनल लाइफले १४ अर्ब ३३ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब २३ करोड रुपैयाँ संकलन गरेका छन् । 

सबैभन्दा कम सन् नेपाल लाइफ इन्स्योरेन्सले तीन अर्ब आठ करोड रुपैयाँ बीमा शुल्क संकलन गरको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस