नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्ने

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै प्रिक्वालिफाइड भएका योग्य कम्पनीले आवेदन पेश गर्नसक्ने गरी नोट छपाइको काम अगाडी बढाएको हो ।  

राष्ट्र बैंकले योग्य भएका १० कम्पनीमध्ये एक कम्पनीले नोट छाप्ने जिम्मा पाउने जनाएको छ । सन् २०२१ अक्ट्बमा पहिलो चरणको बोलकबोलमार्फत विभिन्न १० कम्पनी नोट छाप्न सक्नेगरी छनोट गरिएको थियो । 

सूचना जारी भएको मितिबाट ४६ दिनभित्र दुई छुट्टाछुट्टै सिलबन्द खाममा प्राविधिक र मूल्य बोलकबोल गरी एउटै सिलबन्द खाममा समावेश गरी बैंकको मुद्रा व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ । प्राप्त सिलबन्द खामहरु २०२४ जुन ३ मा दिउँसो ३ बजे खोलिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस