नबिल बैंकको नाफा सबैभन्दा धेरै

नबिल बैंकको नाफा सबैभन्दा धेरै

बैंक खबर । वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ कमाएको छ । 

तर बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ । वित्तीय विवरणअनुसार गतवर्ष तेस्रो त्रैमाससमम पाँच अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएकोमा यसवर्ष ८.७६ प्रतिशतले गिरवाट आई चार अर्ब ६६ करोड रुपैयाँ कमाएको छ । 

चैत मसान्तसम्म ४ खर्ब ४० अर्ब ४३ करोड निक्षेप संकलन गरी तीन खर्ब ६८ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि खर्च बढेका कारण नाफामा कमि आएको देखिन्छ ।

बैंकको नाफामा गिरावट आएपछि प्रतिसेयर आम्दानी पनि घटेको छ । गतवर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ २१ पैसा घटेर २३ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.८५ गुणा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा कायम छ । 

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित गरको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस