वाणिज्य बैंकहरुको नाफा घट्यो

वाणिज्य बैंकहरुको नाफा घट्यो

बैंक खबर । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा १३.४७ प्रतिशत घटेको छ । 
चैत मसान्तसम्म बैंकहरुको नाफा ४० अर्ब ६८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा ४७ अर्ब एक करोड रुपैयाँ थियो । 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ वटाको नाफा एक वर्षअघिको तुलनामा घटेको छ । बाँकी ७ वटाको नाफा भने बढेको छ । 

नेपाल बैंकको नाफा सर्वाधिक ९२.६८ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको सबैभन्दा धेरै ९७.२२ प्रतिशत बढेको छ ।
नबिल बैंकले सबैभन्दा धेरै चार अर्ब ६६ करोड रुपैयाँ कमाएको छ । सबैभन्दा कम नेपाल बैंकले १३ करोड रुपैयाँ कमाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस