सुनको मूल्य एक लाख ३६ हजार नाघ्यो

सुनको मूल्य एक लाख ३६ हजार नाघ्यो

अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८० चैत २६ गते सोमबार सुन प्रतितोला ६ सय रुपैयाँ बढेको छ । 

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । आइतबार सुनको मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर नयाँ उचाइ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार छ सय ८५ रुपैयाँ पुगेको छ । 

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने संकेत दिएको, मध्यपूर्व र रुस युक्रेन–युद्धको असर लगायतका कारण विश्वभरका लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित हुँदा माग बढ्न गई मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य लगातार बढीरहेको छ । 

विश्लेषकहरुले सुनको भाउ अझै बढ्ने अडकलबाजी गरेका छन् । सुन प्रतिऔंस तीन हजार डलरसम्म पुग्नसक्ने अनुमानहरु गरिएका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस