धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम 'सर्टलिस्ट'

धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम 'सर्टलिस्ट'

बैंकको खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट भएको छ । बोर्डका अनुसार कृष्णबहादुर कार्की, चिरन्जीवी चपागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम 'सर्टलिस्ट' भएको छ । 

सर्टलिस्ट भएकामध्ये कृष्णबहादुर कार्की नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हुन् । चापागाईं बीमा समितिका पूर्वअध्यक्ष हुन भने डा. अधिकारी र श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । 

रमेश हमाल अध्यक्षबाट बाहिरिएपछि बोर्डको सञ्चालक समितिले अध्यक्ष पदका लागि आवेदन मागेको थियो । जसमा १९ जनाको आवेदन परेको थियो । त्यसमध्ये पाँच जना सर्टलिस्टमा परेका हुन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस