बैंक तथा बीमा क्षेत्रको वृद्धि नौ दशमलव एक प्रतिशत

बैंक तथा बीमा क्षेत्रको वृद्धि नौ दशमलव एक प्रतिशत

बैंक खबर । बजारमा आर्थिक गतिविधि न्यून हुँदापनि बैंक तथा वित्तीय संस्थाको वृद्धिदर सकारात्मक देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तथ्यांकअनुसार वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर नौ दशमलव एक प्रतिशत भएको छ ।

सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । 

दोस्रो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको कार्यालयले जनाएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस