नेपालको आर्थिक वृद्धि ३.३० प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.३० प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

अर्थतन्त्र । विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । विश्व बैंकले  ‘कन्ट्री डेलभपमेन्ट अपडेट’मा यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.३० प्रतिशत कायम हुने प्राक्षेपण गरेको छ । 

पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्रलाई डोर्याउने अनुमान पनि विश्व बैंकले गरेको छ । यस्तै बढ्दो रेमिट्यान्स आप्रवाहका कारण उपभोग बढ्ने र बजार थप चलायमान बन्ने उल्लेख गरेको छ ।

विश्व बैंकले आगामी आर्थिक वर्षमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ । मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल  वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताएका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस