हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बैंक खबर । हिमालयन बैंकले आठ जना संस्थापकको सेयर बिक्रीमा लयाएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १३ लाख २७ हजार आठ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

सो सेयर खरिद गर्न हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकका अनुसार सेयर किन्न इच्छुक सेयरधनीले जेठ २० गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाइ आवेदन दिनुपर्ने छ । 

संस्थापक सेयरको विक्री मूल्य विक्रेता अनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ । 

तोकिएको ३५ दिनभित्र कुनै पनि संस्थापकबाट सेयर खरिद गर्न आवेदन नपरेमा सर्वसाधारणमा विक्री गरिने बैंकले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस