बैंकहरुको निक्षेप ६२ खर्ब नाघ्यो

बैंकहरुको निक्षेप ६२ खर्ब नाघ्यो

बैंक खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा जम्मा भएको कुल निक्षेप ६२ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । चैत १५ गतेसम्म ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको निक्षेप त्यसपछिको दुई दिनमा आठ अर्ब रुपैयाँले बढेको छ । 

वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप सात खर्ब १३ अर्ब रुपैयाँ छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस