ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

बैंक खबर । ग्रीन डेभलपमेन्ट बैंकले २०८० चैत २७ गते ११औँ वार्षिक साधारणसभा डोकेको छ । बैंकको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाएको हो । 

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि चैत ९ गते एक दिन सेयर दाखिल खारेज बन्द रहने बैंकले जनाएको छ । यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागि हुन पाउनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस