किसान लघुवित्तले चैत ९ गते डाक्यो वार्षिक साधारणसभा 

किसान लघुवित्तले चैत ९ गते डाक्यो वार्षिक साधारणसभा 

बैंक खबर । किसान लघुवित्त वित्तीय संस्थाले २०८० चैत ९ गते शुक्रबार पाँचौं वार्षिक साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको लघुवित्त सञ्चालक समितिको १२९औँ बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । 

साधारणसभा काठमाडौंको गल्फुटार स्पेसियल चोकस्थित ताज प्यालेसमा बिहान ११ बजे बोलाएको लघुवित्तले जनाएको छ । 
साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत उपर छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८०/८१को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनमाथि पनि छलफल गरि पारित गर्ने एजेन्डा रहेको लघुवित्तले जनाएको छ । 

साधारणसभाले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा जाल्पाको एक कित्ता सेयर बराबर किसानको ०.८८३४ कित्ता सेयर हुनेगरी कायम भएको सेयर स्वाप अनुपातसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । यस्तै मर्जरसम्बन्धी अन्य प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले २०८० चैत १ गते सेयरधनी दर्ता किताब/सेयर दाखिल खारेज बन्द गर्ने भएको छ । यसआधारमा फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा भाग लिन पाउनेछन् । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस