मेरो माइक्रोफाइनान्सको चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेरो माइक्रोफाइनान्सको चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत आफ्ना ग्राहकहरुलाई चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा ग्राहकहरुको आवस्यकतालाई ध्यानमा राखी प्रबिधिमैत्री लघुवित्त सेवा सुविधा, एसएमएस तथा मोबाइल बैंकिङ्, बचत खाता, कर्जा तथा बीमालगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य रहेको चैनपुर अनुगमन कार्यालय चितवनका प्रमुख सरोज पण्डितले बताए । 

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ७ वटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस