संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७औँ शाखा स्थापना

संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७औँ शाखा स्थापना

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेको बैंकले जनाएको छ । 

सो अवसरमा न्यायाधीश फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ अनुशासन भित्र रही कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको बर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरीबजारको समुद्घाटनपूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपु न.पा. वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्वनगर प्रमुख भरतकुमार खत्री, पूर्वगाविस अध्यक्ष ज्ञानबहादरु कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु लगायत सर्वसाधारणहरुको उपस्थिति थियो ।

बैंकले देशभर ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस