मिटरब्याजपीडितलाई वार्तामा आउन सरकारको आह्वान

मिटरब्याजपीडितलाई वार्तामा आउन सरकारको आह्वान

बैंक खबर । सरकारले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको छ । गृह मन्त्तालयले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई पत्र पठाएर वार्तामा आउन आह्वान गरेको हो । 

मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता कमिटि गठन समेत गरेको छ । जसमा दुई जना उपसचिव रहनेछन् । मन्त्रालयले सङ्घर्ष समितिबाट बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन भनेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस