सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेदेखि

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेदेखि

बैंक खबर । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले २०८० फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई लघुवित्तले एकीकृत कारोबार सुरु भएको मितिदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध समेत गरेका छन् । 

एक आपसमा गाभ्ने गाभिने कार्य समपन्न भएपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले माघ २४ गते अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट फागनु ९ गते र कम्पनी राजिष्ट्रारको कार्यालयबाट फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त भएको लघुवित्तले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस