मेरो माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बापतको बीमा रकम हस्तान्तरण

मेरो माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बापतको बीमा रकम हस्तान्तरण

बैंक खबर । मेरो माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाले संस्थाले आफ्नो सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेमदत्त जोशीको मृत्यु दावी बापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको लघुवित्तले जनाएको छ । 

जैशीलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बीमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले जानकारी दिए । 

सदस्य कमला जैशी मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय दोधारा(चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस