कृषि विकास बैंकले डाक्यो साधारणसभा

कृषि विकास बैंकले डाक्यो साधारणसभा

बैंक खबर । कृषि विकास बैंक लिमिटेडले फागुन ३० गते बुधबार सत्रौँ वर्षिक साधारणसभा डाकेको छ। बैंकले भक्तपुरको बोडे स्थित आफ्नो केन्द्रीय तालिम प्रतिष्ठानमा साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरू लगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्नेछ । 

यस्तै,  बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने सञ्चालक समितिको प्रस्ताव माथि साधारणसभामा छलफल भई निर्णय हुनेछ । 

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। फागुन १५ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

All financial information at your fingertips.


शेयर गर्नुहोस