‘ऋण लिएपछि तिर्नुपर्छ’ डेपुटी गर्भनर ढुंगाना

‘ऋण लिएपछि तिर्नुपर्छ’ डेपुटी गर्भनर ढुंगाना

बैंक खबर । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्। 

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको निष्क्रिय कर्जा कम नै रहेको बताइन् । नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताइन।  

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाइ छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस