घट्यो नेपाल टेलिकमको नाफा

घट्यो नेपाल टेलिकमको नाफा

बैंक खबर । नेपाल टेलिकम लिमिटेडको नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशत अर्थात ३२ करोड ३३ लाख रुपैयाँले घटेको छ । यस आर्थिक वर्षको छ महिनामा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गतवर्ष पुस मसान्तसम्म कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेन पुगेको वित्तीय विवरणमा देखिन्छ । कम्पनीको सञ्चालनमा आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ । यसको असर कुल आम्दानीमा परेको छ । कुल आम्दानी ३.५८ प्रतिशतले घटेको छ । 
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ३ रुपैयाँ ५९ पैसा कम हो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय ३ रुपैयाँ ७६ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस