माल्दिभ्स सार्वजनिक ऋण संकटको उच्च जोखिममा 

माल्दिभ्स सार्वजनिक ऋण संकटको उच्च जोखिममा 

अन्तर्राष्ट्रिय । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले  माल्दिभ्स बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋण संकटको उच्च जोखिममा रहेको जनाएको छ । आइएमएफको एक टोलिले जनवरी २३ देखि फेब्रुअरी ६ सम्म माल्दिभ्सको भ्रमण गरेपछि यस्तो रिपोर्ट गरेको हो । पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले माल्दिभ्स भ्रमण गरी आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे छलफल गरेको थियो ।

माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको थियो । तर यो विस्तार सन्  २०२३ मा ४.४ प्रतिशतले मात्रै बढ्ने अनुमान आइएमएफले गरेको छ । 

सन् २०२४ मा पर्यटक आवागमन ५.२ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर इन्धनको विश्वव्यापी मूल्यवृद्धिले ब्यापारमा ठूलो घाटा रहने अनुमान गरेको छ । त्यसैले महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान आइएमएफले गरेको हो । प्रतिवेदनमा माल्दिभ्स जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको उल्लेख गरेको छ । बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर जोखिममा परेको हो ।

आइएमएफले सम्भावित संकट कम गर्न कडा मौद्रिक नीति आवश्यक रहेको उल्लेख गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस