एशियन लाइफको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

एशियन लाइफको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

बीमा खबर । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ने भएको छ । माघ १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ । 
 
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेपछि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ। सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस सेयर वितरणपश्चात १ बराबर ०.४२को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

All financial information at yor fingertips.


शेयर गर्नुहोस