सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो

बीमा खबर ।  सन नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ । 

इन्स्योरेन्सले यस वर्ष पुससम्म ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२२ प्रतिशतले कम हो। गत वर्ष पुसमा इन्स्योरेन्सले ३५ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.१३ प्रतिशत घटेको छ भने कुल आम्दानी ९.८१ प्रतिशत बढेको छ। यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १९.०९ प्रतिशत र कुल खर्च १३.८२ प्रतिशत बढेको छ।

नाफा घटेपछि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेर २० रुपैयाँ ५३ पैसा कायम भएको छ । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ११ रुपैयाँ ७ पैसा कम हो । इन्योरेन्सको मूल्य आम्दानी अुनपात २८.०९ गुणा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा कायम भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस