संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठसहित)

अर्थतन्त्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२को बजेटसम्बन्धी छलफलका लागि संघीय संसद्को प्रतिनिधिसभामा सोमबार प्रि-बजेट प्रस्ताव पेस गरेका छन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । 
मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नागरिकको जीवनस्तर उकास्ने गरी बजेट तर्जुमा गरिने उल्लेख 

पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको पहल,  मौद्रिक नीतिमा अपनाइएको लचकता एवम् वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासले गर्दा अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढेको बताए । विद्युत् उत्पादन र विदेशी पर्यटक आगमन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जाको ब्याजदर एकल अंक नजिक झरेको र निक्षेप संकलन र कर्जा प्रवाह बढेको बताएका छन् । 

 

अर्थमन्त्री महतले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता (पूर्णपाठ र भिडियो सहित) 

शेयर गर्नुहोस