बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास Bank Ko khabr २ वर्ष पहिले बैंक शब्दको जन्म कसरी भयो भन्नेमा विद्धानहरुका आ–आफ्ना तर्कहरु रहेका छन् । अंग्रेजी शब्द ‘Bank’ को उत्पत्ति ल्याटिन शब्द ‘Bancus’ फ्रेन्च शब्द ‘Banque’ र इटालियन शब्द ‘Banco’ बाट भएको हो । जसको अर्थ बेञ्च (Bench) भन्ने हुन्छ । प्राचीन कालमा युरोपमा साहु महाजन, व्यापारी, सुनारहरुले बेञ्चमा बसेर पैसा गन्ने, पैसा राख्ने र भुक्तानी सम्बन्धि कामहरु गर्दथे । त्यस्तै लगानी एवम् विनिमय जस्ता कामहरु पनि बेञ्चबाटै गर्दथे । यसैबाट बैंक शब्दको सुरुवात भएको हो भन्नेमा अधिकांश विद्धानहरु एकमत छन् । बैंकिङ कारोबारका बारेमा कौटिल्यको अर्थशास्त्र र मनुस्मृतिमा समेत चर्चा गरेको पाइन्छ । तरपनि सन् ११५७ मा इटालीमा स्थापना भएको ‘Bank of Vanis’ लाई नै विश्वको सबैभन्दा पुरानो बैंक मानिन्छ । त्यस्तै सन् १४०१ मा स्थापना भएको ‘Bank of Barcelona’, सन् १४०७ मा ‘Bank of Genoa’, सन् १६०९ मा ‘Bank of Amsterdan’ र सन् १६९४ मा ‘Bank of England’ लाई बैंक स्थापनाको ऐतिहासिक क्रममा लिन सकिन्छ । यी बैंकहरु दुनियाँमा बैंकिङ विकासका निमित्त अधार स्तम्भका रुपमा प्रधट भएका हुन् । १७ औं शताब्दी अर्थात सन् १६९४ मा बेलायतमा स्थापना भएको ‘Bank of England’ सँगै आधुनिक बैंकिङ प्रणालीको विकास भएको मानिन्छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले बैंकिङ टेक्नोलोजि किन आवस्यक ? नेपालका बैंकमा टेक्नोलोजिको प्रयोगको अवस्था २ वर्ष पहिले