कृषि विकास बैंक बागमती प्रदेश कार्यालयद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंक खबर । कृषि विकास बैकको प्रदेश कार्यालय बागमतीले सरस्वति सामुदायिक विद्यालय जिरी, दोलखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कृषि विकास बैक लि.का उप–महाप्रबन्धक दिर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतिका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमख सुदिपभक्त आचार्य लगायतको उपस्थितमा कार्यक्रम सञ्चालन भएको बैंकले जनाएको छ ।
कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी र अन्य सहभागिहरुमा वित्तीय ज्ञान प्राप्त हुनुको साथै बैंकिङ कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पारेका थिए ।
All financial information at your fingertips.