नेपाल एसबिआई बैंकको लाभांश घोषणा
बैंक खबर । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। मंसिर १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १०.५५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ३.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All financial information at your fingertips.