कुमारी बैंकको तिहार र छठ पर्व लक्षित क्यास ब्याक योजना
बैंक खबर । कुमारी बैंकले तिहार र छठ पर्वलाई लक्षित गरेर क्यास ब्याक योजना ल्याएको छ । बैंकले ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको हो।
हरेक दिन पहिलो ५० जनालाई मोबाइल क्यूआर र कार्डबाट भुक्तानी गर्दा ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको बैंकले जनाएको छ । क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।
यो योजना कात्तिक २६ देखि मंसीर ३ गतेसम्म रहने बैंकले जनाएको छ ।
All financial information at your fingertips.