किसान लघुवित्तले बोलायो चैत २८ गते वार्षिक साधारणसभा, लाभांश पारित गर्ने बैंकको खबर १२ महिना पहिले बैंक खबर । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २८ गते चौथो वार्षिक साधारणसभा गर्ने भएको छ । चैत ५ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले काठमाडौंको बुढानिलकण्ठ स्थित याकेट इभेण्टसमा बिहान ११ बजेका लागि आह्वान गरेको हो । साधारणसभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले