माछापुच्छ्रे बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा 


बैंक खबर । माछापुच्छ्रे बैंकले ६२ हजार १ सय ६५ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको छ । 

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको सेयर रिजिष्ट्रार माछापुच्छ्रे क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र माग पर्याप्त आवेदन नपरे बिक्री नभएको सेयर अन्य व्यक्ति वा संस्थाहरुमा बिक्री गरिने बैंकले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस