आन्तरिक ऋण लिँदै सरकार, सोमबार १८ अर्ब ७१ करोड उठाइने


बैंक खबर । सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तिव्रता दिएको छ । सोमबार पनि ट्रेजरी बिल बिक्री मार्फत १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउँदै छ । 

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत सो रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिन अवधिको ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यो ट्रेजरी बिल पुरानो नवीकरण हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस