एनआईसी एशिया बैंकको २६ औँ वार्षिक साधारणसभा असोज २८ गते 


बैंक खबर । एनआईसी एशिया बैंकले असोज २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको असोज ५ गते बसेको सञ्चालक समितिको ६३०औँ बैठकले असोज २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

बैंकको २६ औँ वार्षिक साधारणसभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ । 

साथै, गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश सेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको बैंकले जनाएको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि असोज १६ देखि २८गते सम्म सेयर दाखिल खारेज दर्ता बन्द गर्ने भएको छ ।
 

All finanical information at your fingertips.

शेयर गर्नुहोस