एनएमबि बुद्ध भिसा डेविट कार्ड सार्वजनिक


बैंक खबर । एनएमबि बैंक र बुद्ध एयरले विशेष छुट सहितको एनएमबि बुद्ध भिसा डेविट कार्ड सार्वजनिक गरेका छन् । सो डेविट कार्डबाट काठमाडौँ उपत्यका भित्र रहेका बुद्धएयरका एयरपोर्ट, सिनामंगल र जावलाखेल काउन्टरबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लैजान पाउनेछन् । 

सो कार्डले ग्राहकहरुको यात्रालाई सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएका छन् ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यास ब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ ।

एनएमबि बैंकले देशभर २०१ शाखा, १४६ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

All financial information at your fingeritps.

शेयर गर्नुहोस