लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा
बैंक खबर । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ । बैंकले असोज १८ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा २५ औँ वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजन सहित ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसबाहेक, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनमा जाने कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।
साधारणसभा प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सयरधनीहरुले बैंकको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
All finanical information at your fignertips.