स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त


बैंक खबर । स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् । बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए गरेका आरफिन स्टाण्डर्ड चार्टर्ड बैंकमा सन् २०१० देखि आवद्ध छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत अरफिनसँग विभिन्न बैंकहरुमा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकले जनाएको छ । उनीसँग बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एण्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस