शाइन रेसुङ्गाको मोबाइल बैंकिङबाट आईएमई पेमा सिधै पैसा लोड गर्न सकिने


बैंक खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सेवाग्राहीहरुले डिजिटल वालेट ‘आइएमई पे’ मा अब सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तिय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग सम्झौता गरेको छ । 

सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाइल बैंकिङ्बाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस समाज निर्माणमा थप प्रोत्साहन गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । 

All financial information at your fingeritps.

शेयर गर्नुहोस