स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने


बैंक खबर । सरकारले स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपका गणना गर्न पाउने व्यवस्था गर्न लागेको छ । अर्थमन्त्री प्रकाशशरण महतले क्यानडा जानु अघि नै स्थानीय तहमा जाने ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गर्न दिने गरी निर्णय गरेका थिए। तर सो निर्णय कार्यान्वयनमा आएको थिएन् । 

आफूले गरेको निर्णय कार्यान्वयन गराउन अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र केही बैंकका सीईओहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा सोमबारदेखि नै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने बारे कुराकानी भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

बैंकरहरुले आफ्नो हिसाब मिलाउन स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउनुपर्ने बताउँदै आएका छन् । यसो भए बैंकहरुको लागत घट्ने र ब्याजदरको वृद्धिदर रोकिने बैंकरले बताउँदै आएका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस