६ अबै २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
बैंक खबर । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोठ ३२ लाख रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको छ। राष्ट्र बैैंकले पुरानो ट्रेजरी बिल परिपक्व भएपछि नविकरणका लागि जारी गरेको हो ।
ट्रेजरी बिलमा सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ भने मंगलबार जारी हुनेछ ।
राष्ट्र बैंकले ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको र ३६४ दिन अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
All financial information at your fingertips.