वैदेशिक शिक्षामा बाहिरियो १ खर्ब ४२ करोड रुपैयाँ
बैंक खबर । आर्थिक वर्ष २०७९/८०मा वैदेशिक शिक्षाका लागि एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेश पढ्न जानेले गएको एक वर्षमा सो रकम लगेका हुन् । अघिल्लो आर्थिक वर्षमा वैदेशिक शिक्षामा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
भ्रमण व्यय शीर्षकमा मात्रै गत आर्थिक वर्षमा एक खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । यसमा वैदेशिक शिक्षामा भएको खर्चसमेत समावेस छ । यो रकम अघिल्लो आर्थिक वर्षमा भन्दा ४८.४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष भ्रमण व्यय शीर्षकमा ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको थियो ।
गतआर्थिक वर्षमा भ्रमण आय ८९.६ प्रतिशतले बढेर ६१ अर्ब ५२ करोड पुगेको छ । यस्तो आय अघिल्लो वर्ष ३२ अर्ब ४५ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्ष खुद सेवा आय १ खर्ब ८ अर्ब १२ करोडले घाटामा थियो ।
All financial information at your fingertips.