सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, प्रतिकित्ता २३९ रुपैयाँ


बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुलेको छ । इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको सेयर निष्काशन गरी बाडफाँट सम्पन्न गरेपश्चिात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । 

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा बिक्री निष्काशन गर्न अनुमति पाएको थियो । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भई बाँकी भएको सेयरमध्ये ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोष र ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखेर बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका सेयर सर्वसधारणमा बिक्री गर्नेछ । 

सर्वसधारणले अंकति मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ भर्न पाउनेछन् । लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग भएजति आवेदन नपरे भदौ १४ गतेसम्म बिक्री निष्काशन खुल्ला रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस