हिमालयन बैंकका ग्राहकलाई नगरकोटको तायो इको रिसोर्टमा छुट


बैंक खबर । हिमालयन बैंकका ग्राहकले नगरकोटमा अवस्थित तायो इको रिसोर्ट होटलमा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार नगरकोट शान्तिडाँडा स्थित तयो इको रिसोटले प्रदान गर्ने विभिन्न सेवामा बैंकका ग्राहक तथा कार्डबाहकहरुलाई १५ प्रतिसतसम्म छुट प्रदान गर्नेछ । 

छुट पाउनका लागि ग्राहकले हिमालयन बैंकबाट जारी भएको कुनै पनि डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रीपेड कार्डबाट भुक्तानी गर्नु पर्नेछ । 
 

All financial information at your gingertips.

शेयर गर्नुहोस