करिब ६ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गरेको छ । सरकारका लागि आवश्यक रकम जोहो गर्न राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । 

‘विकास ऋणपत्र २०८६ ‘‘ट’’ (६ वर्षे)’ अवधिको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर लाग्नेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने राष्ट्र बैंकले जनाएको छ । 

ऋणपत्र २०८० भदौ १ गते निष्काशन भई २०८६ भदौ १ गते परिपक्व हुने छ । ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ ८७ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस