खल्तीबाट 'रोड टु ग्लोबल ई–स्पोर्ट्स गेम्स क्वालिफायर'मा रजिष्ट्रेसन गर्न सकिने
बैंक खबर । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले नेसा र ग्लोबल ई–स्पोर्ट्स गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई–स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको रजिष्ट्रेसन सुविधा उपलब्ध गराएको छ। रजिष्ट्रेसन सुविधा साउन २४ देखि सुरुभई साउन ३० गतेसम्म उपलब्ध हुनेछ ।
साउन ३० देखि सुरु हुने यस टुर्नामेंटमा डोटा २, पब जी, स्ट्रिट फाइटर र ई फुटबल गरी चारवटा गेम रहेका छन् । ई–स्पोर्ट्स गेमिङ्गमा रुचि भइका र खेल्न इच्छुक जोसुकैले पनि खल्तीमार्फत रजिस्ट्रेसन गरी निःशुल्क सहभागिता जनाउन सक्ने खल्तीले जनाएको छ । प्रतियोगीहरुले गेमको नियमहरुमा सीमित रहेर प्रतिस्पर्धा गर्नेछन। सहभागी मध्ये डोटा २ र पब जी तर्फ १–१ टिम साथै स्ट्रिट फाइटर र ई–फुटबल तर्फ १–१ प्रतिस्पर्धि नेसनल क्वालीफायरका बिजेता बन्नेछन् । क्वालीफायरका बिजेताहरू साउदी अरेवीयामा हुने अन्तराष्ट्रिय ई–स्पोर्ट्स गेमिङ्ग टुर्नामेन्टमा सहभागी हुने अवसर पाउनेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती एप लाई डिजिटल वालेटको रूपमा मात्र नभएर ट्रेन्डि र लाइफ स्टाइल ब्रान्डको रूपमा प्रस्तुत गर्दै आइरहेको जानकारी दिए । उनले प्रयोगकर्ताहरुलाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरुको रजिष्ट्रेसन सुबिधाहरू पनि उपलब्ध गराउदैँ आएको बताए । त्यही अनुसार नै अहिले ई–स्पोर्टस गेमिङ्गको दर्ता सेवा उपलब्ध गराएको बताए । यस सुविधाले खल्ती प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने कुरामा हामी विस्वस्त रहेको पनि बताए ।
खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी एउटा परिवारको रुपमा रुपान्तरण भएको खल्तीले जनाएको छ । सम्पुर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।
All financial information at your fingertips.