सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको हटपिज र हेटौंडाको रेगलमा छुट


बैंक खबर । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको पुतलीसडकस्थित ‘हटपिज रेस्ट्रो’ र मकवानपुरको हेटौंडास्थित ‘रेगल रिसोर्ट’मा छुट पाउने भएका छन् । बैंक र यी दुई संस्थाबीच छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार ग्राहकले बैंकको कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा हटपिजमा १० प्रतिशत र रेगालमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सहकार्यले बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा बैंकले सञ्चालनमा ल्याउँदै आएको छ । 
 

all financial information at your fingertips.

शेयर गर्नुहोस