नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा चैत २८ गते, लाभांश पारित गर्ने बैंकको खबर २ वर्ष पहिले बैंक खबर । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चैत २८ गते चौधौं वार्षिक साधारणसभा डाकेको छ । २०७९ चैत ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको ५४ औं बैठकले सो दिन काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल स्थित होटल जुगलमा दिउँसो १ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभाले चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७८/७९को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्ती गर्ने लगायतका निर्णय पनि गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि २८ गतेसम्म शेयर दाखिल खारेज गर्ने कार्य बन्द रहने जनाएके छ । यसअनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई ७ कार्यदिन भित्रमा कम्पनीको शेयर रजिष्ट्रारमा दाखिल खारेजीको लागि पेश गरेका शेयरधनीहरु मात्र साधारणसभाका लागि योग्य हुनेछन् । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना ग्लोबल आइएमई लघुवित्तको जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न २ वर्ष पहिले लघुवित्तमा आवद्ध सदस्य संख्या ५९ लाख ८८ हजार पुग्यो, कुल ऋणी ३२ लाख ६० हजार २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले