ग्लोबल आइएमई लघुवित्तको जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न बैंकको खबर २ वर्ष पहिले बैंक खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका २७ शाखा कार्यालयका फिल्ड सहायकहरुको अन्तक्र्रियासहित जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । फगुन २९ गते नेपालगन्जको न्यु होटेल इन्द्रेणी एन्ड रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमलाई वित्तीय संस्थाका कर्जा विभाग प्रमुख एवं वरिष्ठ प्रबन्धक पदमबहादुर घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा कर्मचारीहरुले कार्य सञ्चालनका क्रममा भोगेका समस्या र चुनौती प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नो शाखाको लक्ष्य हासिल गर्ने प्रतिवद्धता पनि जनाएका थिए । तालिममा कर्मचारीको असल आचरण, अनुशासन, सुपरिवेक्षण र लेखन सीपबारे जानकारी गइएको थियो । यस्तै कर्जा जोखिम व्यवस्थापनका लागि अपनाउनुपर्ने रणनीतिबारे कक्षा सञ्चालन भएको थियो । कार्यक्रममा वरिष्ठ प्रबन्धक घिमिरेले फिल्ड कर्मचारीहरुले अहोरात्र खटेर जिम्मेवारी बहन गर्दै आएकामा प्रशंसा गरे । उनले पछिल्लो समय लघुवित्त क्षेत्रले भोग्नुपरेका समस्या र चुनौती तथा अवसरहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वित्तीय संस्थाका ३ विभागीय प्रमुखलगायत ४५ जना कर्मचारीको सहभागिता थियो । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना लघुवित्तमा आवद्ध सदस्य संख्या ५९ लाख ८८ हजार पुग्यो, कुल ऋणी ३२ लाख ६० हजार २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले श्रृजनशील र मनुषी लघुवित्त गाभिने, समझदारी पत्रमा हस्ताक्षर २ वर्ष पहिले