लक्ष्मी सनराइज बैंकले कमायो २ अर्ब २६ करोड, ईपीएस कति ?


बैंक खबर । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा २०७९/८०मा २ अर्ब २६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा ४९.४५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको देखिन्छ । 

ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशतले बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ थियो ।

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफ पनि ५९.८२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब १५ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ४४ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

निक्षेप तथा लगानी
बैंकको निक्षेप ११२.३० प्रतिशतले बढेर २ खर्ब ९६ अर्ब २४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी पनि बढेको देखिन्छ । एक वर्षमा बैंकको कर्जा लगानी १००.१३ प्रतिशतले बढेर २ खर्ब ५३ अर्ब ६९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ३९ अर्ब ५३ करोड ७० लाख रुपैयाँ थियो भने कर्जा लगानी १ खर्ब २६ अर्ब ७६ करोड ९० लाख रुपैयाँ थियो । 

जगेडा कोष
२१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये १४ अर्ब ५ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । 

सूचकहरु
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी घटेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १० पैसा थियो ।
यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा र कस्ट अफ फण्ड ८.३८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६१.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड ८ लाख ४ हजार रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ८ रुपैयाँ ९४ पैसा छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस